Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

प्रहरी कर्मचारीहरू आफ्नो पेशाप्रति गौरवान्वित हुन आवश्यक – प्रहरी महानिरीक्षक क्षेत्री

खबरडबली संवाददाता

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन्  ।

जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । निरीक्षण भ्रमणको क्रममा उनले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग अन्तरक्रिया समेत गरेका थिए  ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ को अक्षरस पालना गर्दै नागरिकमैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्नुपर्नेमा जोड दिए ।

शून्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्धतीलाई प्रविधिमैत्री बनाउँदै प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विविध अपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रुपमा काम कारवाही गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन, लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पुर्वक लिई त्यसतर्फ विशेष ध्यान केन्द्रीत हुन समेत निर्देशन दिए  । कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसंग शिष्ट व्यवहार गर्नु पर्नेमा समेत उहाँले निर्देशन दिए । कोभिड–१९ को प्रभाव पुन दोहोरीन सक्नेतर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागि बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उनले उपस्थित प्रहरी कर्माचारीहरुलाई निर्देशन दिए  ।

सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग जिल्लाको समग्र सुरक्षा व्यवस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy