Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

प्रदेश नं २ का तीन जिल्लाका ३ हजार २३४ दलित विपन्न परिवारले पाए पक्की भवन

रासस

जनकपुर । धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षौदेखि फुसको छानोमा ६ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् ।

“मान्छेलाई बाच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहँुदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएका थिए”, उनले भने, “जनता आवास कार्यक्रमअन्तर्गत सरकारले पक्की घर बनाइदिएपछि घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवार मात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भने कल्पना नै गरेको थिइन् तर पक्की घरको मालिक नै बन्न पाइएकोमा सरकारलाई साधुवाद छ, उनको भनाइ छ । 

उमेरले ६५ पूरा गरिसकेका महोत्तरीको गौशाला नगरपालिकाका असर्फी सदालाई पनि पक्की घरको मालिक बन्छु भने विश्वासै थिएन् । तर जनता आवास कार्यक्रमअन्तर्गत उनले पनि पक्की घर पाएपछि हर्षित बनेका छन् । “हामी वर्षौदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका थियौंं,” उनले भने, “सरकारले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिएकोमा हामी खुसी छौँं ।” यसबाट वर्षौदेखि भोग्दै आएको घरबारविहीनताको समस्या समाधान हुने उनको विश्वास छ ।  

यी दुईजना त उदाहरण मात्र हुन्, धनुषा, महोत्तरी र सर्लाहीका तीन हजारभन्दा बढी दलित, विपन्न परिवारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की भवन पाएका छन् । फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । 

जनता आवास कार्यक्रमअन्तर्गत विगत पाँच वर्षको अवधिमा प्रदेश नं २ को धनुषा, महोत्तरी र सर्लाहीका तीन हजार २३४ दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२/७३ देखि आव २०७७/७८ सम्म धनुषाका ७९५, महोत्तरीका एक हजार ५६० र सर्लाहीका दुई हजार ३७० गरी चार हजार ७२५ दलित तथा विपन्न परिवारले पक्की आवास भवनका लागि सम्झौता गरेका हुन् । तीमध्ये धनुषाका ५०६, महोत्तरीका एक हजार ५८ र सर्लाहीका एक हजार ६७० गरी तीन हजार २३४ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएको सहरी विकास तथा भवन कार्यालय जनकपुरले जनाएको छ । 

सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६/०७७ मा धनुषाका ३७५, महोत्तरीका ५०७ र सर्लाहीका ८९८ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको सहरी विकास तथा भवन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार यादवले जानकारी दिए । उनका  अनुसार आर्थिक वर्ष २०७५/७६ मा धनुषाका १३१, महोत्तरीका २५१ र सर्लाहीका ४४३ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । यसैगरी धनुषाका २८१, महोत्तरीका ५०२ र सर्लाहीका ७०० गरी एक हजार ४९१ दलित विपन्न परिवारका लागि पक्की आवास भवन निर्माणाधीन अवस्थामा रहेको प्रमुख यादवले जानकारी दिए ।  

आर्थिक वर्ष २०७७/७८ धनुषामा ७१ आवास भवन बनाउने सम्झौता भएकोमा कोराना भाइरस सङ्क्रमण जोखिमका कारण एउटा पनि भवन निर्माण सम्पन्न गर्न नसकिएको प्रमुख यादवले जानकारी दिए । बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रति घर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख यादवको भनाइ छ । 

अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६–०६७ देखि धनुषा, महोत्तरी र सर्लाहीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । आव २०७३/०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष २०७४/०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy