Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पाँच महिनामा १४ करोड बराबरको नून बिक्री

खबरडबली संवाददाता

वीरगञ्ज । साल्टटे«डिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५  बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो ।  कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिए । २०२० साल भदौ २७ गते  सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय ऐतिहासिक फड्का मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ । 

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ  । कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग , खाद्य उद्योग , नेपाल वनस्पति ध्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो । यसैगरी नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल र मलको कमी हुन दिएको छैन । 

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नून दक्षिण एशियामै सस्तो छ । कर्पोरेशनले ७ वर्षअघिकै मूल्यमा नूनको सहजरुपमा  बिक्रीवितरण गर्दै आएको छ । आयोडिनयुक्त नूनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले , अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ ।  सरकारले  मल आयात र बिक्री वितरणको सम्पूर्ण जिम्मा कर्पोरेशनलाई दिने हो भने बाली लगाउने र किसानलाई चाहिने बेलामा मलको हाहाकार नहुने जनाइएको छ । कर्पोरेशनले विसं २०७२ बैशाखको विनासकारी  भूकम्प पछि घर पुन:निर्माण गर्न जस्तापाता आयात गरी बिक्री वितरण समेत गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: