Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

टोली नेताले भने - सीमा अतिक्रमणबारे बोल्नुपर्यो, शहीद परिवारलाई राहतदेखि खोकु छिन्ताङ विद्रोहसम्म समेट्नुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा(माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका शहीद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छैन, तत्काल स्पष्ट कार्ययोजनाका साथ काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शान्ति सम्झौताका क्रममा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने भनिए पनि वर्षौं बित्दासमेत अवस्थामा कुनै सुधार आउन नसकेको भन्दै गुनासोसमेत व्यक्त गरेका छन् । राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डा माओवादीको भए पनि नेतृत्व गर्ने स्थानमा नहुँदा जनताले वास्तविक अर्थमा लाभ हासिल गर्न नसकेको भन्दै पार्टीलाई पहिलो बनाउने योजना र कार्यक्रमको समेत माग भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि आज ११ समूहका नेताले आफ्नो समूहको धारणा राखेका थिए । बिहीबार थप १४ समूहकोतर्फबाट टोली नेताले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

सत्तामा पुगेपछि किन भएन जनपक्षीय काम ?
सो क्रममा समूह १४ का नेता टङ्क राईले अध्यक्ष प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भए पनि न्यायालयमा हुने भ्रष्टाचारबारे केही पनि नबोलिएको भन्दै स्पष्ट धारणा आउनुपर्ने बताए । उनले भ्रष्टाचारमा शून्यः सहनशीलताको नीति अपनाउनुपर्ने, सदाचारका लागि स्पष्ट कार्ययोजनासहित जीवन व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिए। कम्युनिस्ट पार्टीले राजनीतिक आन्दोलनमा श्रेष्ठता प्राप्त गर्ने तर तर सरकारमा गएपछि किन जनमुखी काम गर्न सक्दैनन् भन्ने प्रश्नको खोजी गर्नुपर्ने उनको भनाइ थियो ।
 
नेता राईले आफ्नो समूहको निष्कर्ष सुनाउँदै भने, “कम्युनिस्ट सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ? यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ ।” प्रदेश नम्बर १ का तर्फबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्दै  टोली नेता हर्कबहादुर नेम्वाङले पार्टीभित्र नेता तथा कार्यकर्ताको मूल्याङ्कनको प्रणाली विकास गर्न माग गरे ।

उनले भने, “कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।” यस्तै पार्टी नेतृत्वको र सहभागी भएका सरकारको उपलब्धिका बारेमा पनि प्रतिवेदनमा समेट्न आग्रह गरे । उनले अध्यक्ष प्रचण्डको दस्तावेज मूलत सही भएको र उसले पार्टीलाई सही मार्गमा लैजाने धारणा राखे ।

यस्तै कार्यकारी पदमा पनि एउटा सीमा निर्धारण गर्नुपर्ने माग उठेको छ । दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाइने व्यवस्था सुनिश्चित गरिए नयाँले अवसर पाउने समूहगत छलफलमा क्रममा ध्यानाकर्षण गराइएको छ ।

सीमा अतिक्रमणबारे बोल्नुपर्यो

सुदूरपश्चिम प्रदेशका तर्फबाट आफ्नो समूहको धारणा राख्दै मीनबहादुर कुँवरले पार्टी र सरकारको कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्न प्रतिनिधिका तर्फबाट सुझाव प्राप्त भएको बताए । उनले सीमा अतिक्रमण  तथा सीमा क्षेत्रमा हुने गैरकानूनी गतिविधिको नियन्त्रणका लागि पार्टीको स्पष्ट धारणाको माग गर्दै अतिक्रिमित भूमि फिर्ता ल्याउनेतर्फ ठोस कार्ययोजना आवश्यक रहेको बताए ।

माओवादीसमेतको पहलमा चुच्चे नक्सा जारी भएको भए पनि व्यावहारिकरूपमा भूमि फिर्ता हुन नसकेको भन्दै उहाँको समूहले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्ने योजना आवश्यक रहेको उल्लेख गरे ।

यस्तै प्रतिवेदनमाथि आफ्नो समूहको निष्कर्ष सुनाउँदै टोली नेताले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका साथ पूर्ण समानुपातिक निर्वाचन प्रणालीका बारेमा पार्टीले स्पष्ट योजनाका साथ जनपरिचालन गर्नुपर्ने सुझावसमेत दिएका छन् । यस्तै तत्कालीन जनमुक्ति सेनाबारे शान्ति प्रक्रिया अघि र पछिका बहिगर्मित स्वेच्छिक अवकाश लिएका तथा क्यान्टोनमेन्टमा रहेकालाई साङ्गठिन जिम्मेवारीमा समेट्न तथा उनीहरूको योगदानको कदर गर्नसमेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै जनयुद्धकालीन मुद्दा तत्काल खारेज गर्न पार्टीकोतर्फबाट पहल गर्नुपर्ने तथा तथा खोकु छिन्ताङलगायत विद्रोहबारे पनि प्रतिवेदनमा उल्लेख हुनुपर्नेमा जोड दिइएको छ । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मङ्गलबार बिहानदेखि आज बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
 
सल्लाहकार समूहकोतर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending