Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गर्भवतीलाई पौष्टिक आहार उपहार

खबरडबली संवाददाता

काठमाडौँ । बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन् । “गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उनले भनिन्, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका विकास र सामाजिक गतिविधिदेखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाइ विषयमा छलफल गर्छौँ ।”

समूहका बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवती र सुत्केरी हुँदा स्याहारसुसार गर्न सजिलो भएको रत्नेचौर उपल्लाचौरकी देवी थापामगरले बताइन् । उनकी बुहारी कमला दुई महिनाअघि सुत्केरी भएकी थिइन् । आमा समूहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सीता थापा दुई महिनाअघि सुत्केरी भएकी थिइन् । आमा समूहले दिने सहयोगले गर्भवती अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताइन्। 

रत्नेचौरका जनप्रतिनिधिले आमा समूहको मागअनुसार पोषण प्रवद्र्धन र सचेतना अभिवृद्धिका लागि बजेटको समेत व्यवस्था गरेका छन् । आमा समूहको सक्रियता र पोषणसम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्यूनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

उनले स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिए । विगतका वर्षमा पनि सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो । सो बजेटबाट महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका साथै वडाका गर्भवतीलाई पौष्टिक र सरसफाइका सामग्री लिएर जनप्रतिनिधिले घरभेट गर्ने गरिएको वडाध्यक्ष रावलले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending