गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उनले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य टुका हमालले अभिभावक एवं विद्यालय र सिङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने जनाए । जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ बालमैत्री सूचक पूरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिँदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे । उक्त वडासहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका–१, बेँसीसहर नगरपालिका–१ बालमैत्री वडा घोषणा भइसकेका छन् ।
बेँसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास एवं सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । वडा कार्यालयद्वारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचन गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समूहसहित विभिन्न सङ्घसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा (एमाले) नेता हीरा विश्वकर्मा, नेपाली कांग्रेसका नेता नारायणबहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गङ्गा मिलन माविका प्रअ टङ्कबहादुर अधिकारीलगायतले बालबालिकाको शारीरिक एवं मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, वातावरणमैत्री भौतिक संरचनालगायतमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
‘बालअधिकार सुनिश्चितता, गौरवपूर्ण स्वाभिमान ः बालमैत्री वडा कार्यान्वयन, दीर्घकालीन अभियान’ भन्ने मूल नारासहित उक्त घोषणा कार्यक्रममा विद्यालयका छात्रछात्राद्वारा सन्देशमूलक नाटक एवं विविध नृत्य प्रस्तुत गरिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: