Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

खबरडबली संवाददाता

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । 

चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।
     
जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । 
     
फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताए  । 
      
अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मङ्सिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा नियमित पठनपाठन भएको थिएन् । हुम्लामा गत जेठबाट मात्रै जिल्लाका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए । 

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ । यसमा २७ मावि र १२४ आधारभूत विद्यालय रहेका छन् । चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ । जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending