Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुल्यो

रासस

काठमाडौँ । महाकाली करिडोर अन्तर्गत  दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो । 

महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिङ्कर सडक सेनालाई दिएको थियो । सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए  । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो । 

दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जनाएको छ । कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए  । यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुङ्गाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए ।

कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–तिङ्कर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन सुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ । तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए  । 

तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, “दार्चुला–टिङ्कर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।” 

चालू आवमा सो योजनाको बजेट रु २२ करोड ५० लाख रहेको थियो । चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेकोे छ । चालू आवभित्रै सात किमी नयाँ ट्र्याक खाल्ने लक्ष्य लिइएको छ । चार मिटर चौडाइको तीन किमी र छ मिटर लम्बाइको चार किमी ट्र्याक खोल्ने लक्ष्य लिइएको हो । उनले भने, “त्यहीअनुसार काम भइरहेको छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिङ्करसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ । विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले भने । सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, “मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।”

सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनुपर्नेमा उनको  जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ । सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाहे हुने उनले भने । उनले भने,  “सेनाले नै ट्र्याक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending