Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

खबरडबली संवाददाता
गण्डकी । “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले ।
घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।।
नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो ।
संसारमा महान् ख्याति पोखराको हुने थियो ।।” 
 
संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
प्रकृतिको बरदान पोखरा स्वदेश तथा विदेश सबैतिर पर्यटकीय रुपमा चासो चर्चा पाएकोस्थल हो नै विभिन्न चाडपर्वदेखि नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष यस स्थानमा पर्यटक भरिने गरेका छन् ।
 
कोरोनाका कारण दुई वर्षयता प्रभावित पर्यटन विस्तारै चलायमान हुँदै गएको अवस्थामा हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा क्रिसमसदेखि नै चहलपहल बढेको बताउने यहाँका पर्यटन व्यवसायीमा डिसेम्बर ३०, ३१ र जनवरी १ मा देखिएको पर्यटकको चापले थप आशा जगाएको छ ।
 
कोरोनाले थलिएको पर्यटन विस्तारै चलायमान हुन थालेको र अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मूलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एशोसिएशन(रेवान) द्वारा गर्दै आएको सडक महोत्सवका कारण पनि यो समय स्वदेशी एवं विदेशी पर्यटकको पोखरामा आकर्षण बढ्ने गरेको छ ।
 
पोखरामा पर्यटकस्तरीय एक हजार होटेल रहेकामा लेकसाइड आसपासका क्षेत्रमा सात सय होटेल रहेको जानकारी दिँदै उनले  यहाँका होटलमा ३० हजारभन्दा बढी शय्या रहेको बताए । अंग्रेजी नयाँ वर्षमा क्षमताको करिब ८० प्रतिशतसम्म होटेल पर्यटकले भरिएको उनले  जानकारी दिए  । कोरोनाको महामारी पश्चात पहिलोपटक यतिका सङ्ख्यामा पर्यटक भरिएको जनाउँदै उहाँले भारतीय पर्यटकको बढ्दो आकर्षले आफू उत्साहित बनेको बताए  । 
 
पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका थिए । पोखरा आएका भारतीय पर्यटक धेरैजसोले उनीबाट सवारीसाधन लिएर आएको र कतिपय मोटरसाइकलमा समेत आएको व्यवसायी बताउँछन् ।
 
अङ्ग्रेजी नयाँ वर्ष पोखराको आकर्षण जस्तै बनेको बताउने रेष्टुराँ एण्ड बार एशोसिएशन९रेवान० का अध्यक्ष लक्ष्मण बराल रेवानले यस पटक २३औँ संस्करणको पोखरा सडक महोत्सव सम्पन्न गरेको बताए  । “अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव पोखराको पहिचान जस्तै बनेको छ”, उनले भने, “आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई पनि यस सडक महोत्सवले लोभ्याउने गरेको छ ।”
 
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्कहुँदै हल्लनचोक खहरे क्षेत्रसम्म गरिएको महोत्सव हेर्नका लागि यस पटक भारतीय पर्यटकका साथै देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आएका थिए ।
 
महोत्सवका अवसरमा सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम गरिएको थियो । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २३ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।
 
सडक महोत्सवका अवसरमा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहारलगायतका स्थानबाट आएका पर्यटकका कारण यसले दीगो पर्यटनमा पनि टेवा पुग्ने देखिएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए  । “नेपालसँग सीमा जोडिएका भारतका सहरबाट पर्यटक आउनुले यहाँको पर्यटनमा सकारात्मक सन्देश दिएको छ”, उनले भने , “कोरोनाले थलिएको पर्यटनको पुनरुत्थानका लागि आन्तरिक पर्यटनको विकाससँगै सीमावर्ती क्षेत्रबाट अधिकतम पर्यटक ल्याउनेतर्फ जागरुक बन्नु अपरिहार्य छ ।”
 
अङ्ग्रेजी नयाँ वर्षको आमगन पूर्व डिसेम्बर ३०, ३१ र जनवरी १ मा पोखरा पर्यटकले भरिएको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालक बोबरजङग गुरुङले बताए  । क्रिसमसदेखि नै पर्यटकको चहलपहल बढिरहेको बताउँदै उहाँले पछिल्ला तीन दिन भने कतिपय होटेलमा क्षमताको ८५ प्रतिशतसम्म होटेल भरिएको जानकारी दिए  ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy