Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालित

खबरडबली संवाददाता

तनहुँ । तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो । सञ्चालनमा रहेका नौ उद्योग पनि नवीकरणबिना नै सञ्चालन गर्दै आएको जिससका नायव सुब्बा नरबहादुर सार्कीले जानकारी दिए ।

नवीकरणबिना सञ्चालनमा रहेका ती क्रसर उद्योगलाई पटक–पटक मापदण्डमा आउन निर्देशन दिए पनि अहिलेसम्म निर्देशनको पालना नगरेको उनले बताए  । 

जिल्लाको शुक्लागण्डकी–२ को सिद्धेश्वर एग्रिगेट एण्ड क्रसर उद्योग, शुक्लागण्डकी–७ को एसिक्स एग्रिगेट कम्पनी प्रालि, सोही नगरपालिका –२ को एसएनएल एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि र मेलमिलाप ढुङ्गा, बालुवा गिटी उद्योग प्रालिलाई बन्द गर्न निर्देशन दिइएको हो । 

त्यसैगरी, शुक्लागण्डकी–५ मा रहेको प्रोफर कन्स्ट्रक्सन एण्ड क्रसर, म्याग्दे गाउँपालिका–३ को अकला रुद्रदेवी गिटी बालुवा उद्योग, सोही गाउँपालिका– ४ को दोभान ब्लक एण्ड एग्रिगेट क्रसर उद्योग, वडा नं ५ मा रहेको ढोरबाराही एग्रिगेट क्रसर उद्योग, बन्दिपुर गाउँपालिका–६ को नमूना ग्रिड एण्ड क्रसर उद्योग र शुक्लागण्डकी नपामा रहेको जयमहालक्ष्मी क्रसर उद्योग प्रालिलाई बन्द गर्न निर्देशन पश्चात बन्द गरिएको जिसस तनहुँले जनाएको छ । 

घरेलु तथा साना उद्योग समितिका प्रमुख नारायणप्रसाद ढकालले पनि जिल्लाभित्रका अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरीत रहेको बताए । ती क्रसर उद्योगलाई मापदण्डमा आउन पटक–पटक पत्राचार गरिए पनि बेवास्ता गर्दै आएको उनले जानकारी दिए  । जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले मापदण्ड विपरीतका १० वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएका हुन् । 

जिल्लाभित्र सञ्चालनमा रहेका १९ वटै क्रसर उद्योगको नवीकरण नभएको र घरेलु तथा साना उद्योग समितिको कार्यालयमा दर्ता भएका ९ वटा उद्योगलाई मात्रै सञ्चालनको अनुमति दिइएको उनले जानकारी दिए  । अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाभित्र सञ्चालित क्रसर उद्योग अधिकांश मापदण्ड विपरीत रहेको बताए । 

ती उद्योगलाई मापदण्ड अनुरुप सञ्चालन गर्न पटक पटक निर्देशन दिइए पनि अटेर गर्ने गरेकोले अब छिट्टै अनुगमन समितिको बैठक बसी क्रसर उद्योगको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका बन्द गराइने उनले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy