नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लामा रहेका आठ स्थानीय तहमध्ये पहिलो चरणमा चार गाउँपालिकाबाट तीन हजार ९०३तथा दोस्रो चरणमा तीन नगरपालिकाबाट सात हजार ४२२ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्ला सदरमुकाम कावासोतीमा भने दुई स्थानबाट नियमित नामावली सङ्कलनको काम भइरहेकाले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम गरिएको थिएन । स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम (घुम्ती टोली)मा नामावली दर्ता गराउनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा दुई हजार ९२३ छन् ।
उहाँका अनुसार मध्यविन्दु नगरपालिकामा दुई हजार ८२२, देवचुली नगरपालिकामा एक हजार ६७७, विनयी त्रिवेणीमा एक हजार ६६२, हुप्सेकोटमा एक हजार १४०, बुलिङटारमा ४४२ र बौदिकाली गाउँपालिकामा ६५९ जनाले नाम दर्ता गराएका छन् ।
एक महिनासम्म सञ्चालित विशेष कार्यक्रमबाट सात स्थानीय तहका ११ हजार ३२५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा विशेष अभियान सकिएको भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम जारी रहेको उनले बताए ।
उनका अनुसार जिप्रका गत साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार २६८ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै, जिल्ला निर्वाचन कार्यालयबाट दुई हजार ५३३ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिए ।
स्थानीय तहमा सञ्चालित विशेष अभियानसहित यस आवमा जिप्रका र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या १८ हजार १२६ रहेको उनले बताए । “जिल्लामा यस आवमा मतदाता नामावलीमा नाम दर्ता गराउने सबै मतदाता होइनन्” उनले भने, “हामीले फोटोसहितको मतदाता नामावलीको फारम भर्दा १६ वर्ष पुगेपछि भर्न मिल्छ, तर मतदाता हुनका लागि १८ वर्ष पुग्नुपर्छ ।” अहिले फारम भरेका तर १८ वर्ष नपुगेका नागरिकको १८ वर्ष उमेर पुगेपछि मात्रै मतदाता नामावलीमा नाम दर्ता हुने उनले जानकारी दिए ।
नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिकले मात्रै मतदाता परिचयपत्र पाउने जनाइएको छ । अन्य जिल्लामा स्थायी ठेगाना भएका तर नवलपुरमा बसोबास गर्दै आएका व्यक्तिलेसमेत जिल्ला निर्वाचन कार्यालयमा गएर मङ्सिर महिनादेखि मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिएको जनाउँदै उहाँले अन्य जिल्लाका ४२ जनाले नामावलीमा नाम दर्ता गरेका बताए ।
त्यस्तै, नामावलीमा भएको त्रुटी सच्याउनका लागि ७६ जनाले निवेदन दिएका छन् भने मतदानस्थल परिवर्तन (ठाउँसारी)का लागि ५९८ जनाले निवेदन दिएका भुसालले बताए । जिल्लामा हाल दुई लाख ३७ हजार ८२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी भुसालको भनाइ छ ।
विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता रहेका जनाइएको छ । जिप्रकामा भइरहेको मतदाता नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भएकाले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: