बागलुङ । विदेशको सपना लत्याएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उनको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उहाँले रु २१ लाख लगानी गरेका छन् ।
फार्ममा एक सय ७० बङ््गुर पाल्ने क्षमता छ । बङ्गुर थप्दै जाने योजनामा राना छन् । गत भदौयता बङ्गुर बेचेर चार लाख जति कमाइ भित्राएको उनले सुनाए । बङ्गुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन् । मासुका लागि बेच्दा प्रतिकिलो रु। तीन सय ७० सम्म पर्छ । महिनादिन पुगेका पाठापाठी रु. ६ हजारमा बिक्री हुने गरेको किसान बताउँछन् ।
माउ बङ्गुरले एकै बेतमा १६/१७ वटासम्म पाठापाठी पाउँछ । “फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बङ्गुर मासुका लागि बजार जान्छ”, व्यवसायी रानाले भने, “बजार माग बढ्दै गएकाले बङ्गुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ ।” उनले पहिले सोही ठाउँका याम पुनले चलाएको फार्म किनेका हुन् ।
बङ्गुर फार्मसँगै उनकाे ब्लक उद्योग पनि छ । दुवै व्यवसायमा उनको रु ३२ लाख जति लगानी छ । छ जनाले रोजगारी पाएका छन् । उनले ब्लक र फार्मका लागि वार्षिक रु ४२ हजार तिर्ने गरी ठेउलेखोलाछेउ जग्गा भाडामा लिएका छन् ।
उनकोसँगै त्यहाँ अरुपनि बङ्गुर फार्म लहरै छन् । जेनिसा बङ्गुर फार्ममा रहेका ३० बङ्गुरमध्ये छ ब्याउने छन् । ती सबै ब्याउँदा पाठापाठीले खोर भरिभराउ हुन्छ । फार्मका सञ्चालक कमला थापाले दुई वर्षदेखि बङ्गुरपालन व्यवसायमा लागेको बताए । कुश्मीसेरा बजारमा उनको मासु पसल पनि छ ।
श्रीमान जंगबहादुरसँगै उनी बङ्गुरपालनमा रमाएका छन् । “आफ्नै मासु पसल पनि भएकाले बङ्गुर बेच्न सहज छ, पाठापाठीबाट पनि राम्रो कमाइ हुन्छ” उनले भने, “हामीसँगै कुश्मीसेरा बजार आसपासमा १५ बढी किसान बङ्गुरपालनमा लाग्नुभएको छ, व्यवसायबाट सबै खुसी हुनुहुन्छ ।”
यही नजिकै विकास श्रीसको बङ्गुरपालन व्यवसाय छ । त्यहाँ अहिले १७ वटा बङ्गुर छन् । १२ लाख खर्चेर तीन वर्षअघिदेखि बङ्गुर फार्म चलाएको श्रीसले बताए । उनीसँग हाँस र माछापालन गर्ने योजना पनि छ । वार्षिक रु। २१ हजार तिर्नेगरि जग्गा भाडा लिएर श्रीसले फार्म खोलेका हुन् ।
मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । अहिले गाउँगाउँमा व्यावसायिक रुपमा बङ्गुर पाल्ने क्रम बढेको उनको अनुभव छ । पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन् । लगानी थपेका छन् ।
न्यून पूँजी भएका किसानले पनि बङ्गुरपालनबाट वर्षमा चार÷पाँच लाख रुपैयाँ कमाउन थालेका छन् । थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन रोजाइमा पर्न थालेको हो । किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ ।
दर्ता भएका र मापदण्ड पूरा गर्ने बङ्गुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत रु. २५ हजार सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बङ्गुरपालन व्यवसायमा छन् । व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम छ ।
जैमिनी–१० को राङखानी बङ्गुरपालनका लागि बढी उपयुक्तस्थल मानिन्छ । त्यहाँ बङ्गुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ । जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बङ्गुरपालन व्यवसाय फस्टाउँदो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: