Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी: राष्ट्रपति बाइडेन

रासस

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी  २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनु भएको छ। बिहीबार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणको लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार  भएको  आरोप लगाउँनु भएको छ ।

बाइडेनले भन्नुभयो हाम्रो इतिहासमा पहिलो पटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन्। उनले हिंसात्मक भीड क्यापिटलमा पुग्दा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण रोक्न प्रयास समेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा, हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस् ।

ट्रम्पको नाम नलिइकन, बाइडेनले आक्रामक रूपमा ट्रम्पमा त्यो दिन के भयो भनेर दोष लगाउँनुभयो। बाइडेनले पूर्व राष्ट्रपतिलाई २०२० को चुनावको वरिपरि झुटको जाल भनेर बुनाएको र अमेरिकी लोकतन्त्रलाई आक्रमण गरेकोमा बोलाए जस्तो अरू कुनै नेताले गरेनन्। बाइडेनले भन्नुभयो, "के साँचो र के झुट हो भन्ने बारे हामी पूर्ण रूपमा स्पष्ट हुनुपर्दछ। उहाँले भन्नुभयो- जसले सिद्धान्त भन्दा शक्तिलाई महत्त्व दिन्छ, आफ्नो देशको हित र अमेरिकाको हित भन्दा आफ्नो स्वार्थ बढी महत्त्वपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहंकार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधान भन्दा बढी महत्त्वपूर्ण छ।" त्यस्ता व्ययक्तिबाट यस्ता हजर्कत हुन्छन् ।

ट्रम्पको विरूद्ध बाइडेनले कडाटिप्पणी गर्दै भन्नुभयो उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न, उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न । यद्यपि ९३ सिनेटरहरू, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले भने, उहाँ हार्नु भयो। तर उहाँ स्वीकार गर्नुहुन्न ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एमालेले अब संसद बैठक अवरोध नगर्ने

काठमाडौँ । आजदेखि सुरु भएको प्रतिनिधिसभामा नेकपा एमालेले अवरोध अन्त्य गरेको छ । आज बजेट अधिवेशनको पहिलो दिन हो ।  अबदेखि सदन अवरोध नगर्ने र विरोधको...

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता

धरानका पाँच वडाको मत परिणाम सार्वजनिक

चाँगुनारायणको प्रमुखमा एमालेका उम्मेदवार अगाडि

भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्...

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २...

चन्द्रागिरिमा ८ हजार ८३० मतका साथ घनश्याम गिरिलेको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन्  । अहिलेसम्म गणना भएक...

टोखा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् ।  कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ...

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...

रोल्पाका ६ पालिकामा माओवादी र २ पालिकामा काग्रेस विजयी

रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...

भरतपुरमा ६ हजार २०७ मतका साथ रेनु दाहालकाे अग्रता कायमै, एमालेका उम्मेदवार सुवेदीले कति मत ल्याए ?

भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा  पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...

कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि तिलोत्तमाको मतगणना स्थगित

रुपन्देही ।  तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji