Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको महम भूमिका: मन्त्री जोशी

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताएका छन् । काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित ‘पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उनले  लोकतन्त्र र सङ्घीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले  ठूलो योगदान पुर्‍याएका थिए भने । पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन थालेकोले यसबाट माथि उठेर काम गर्न उनले सञ्चारकर्मीलाई सुझाए । 

“आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्नुपर्छ ।विचारमा प्रस्ट हुनाका साथै सेवा प्रवाह तटस्थ र निष्पक्ष हुनपुग्यो  भने प्रेसजगत्प्रति विश्वास बढ्दै जान्छ,” कानुनमन्त्री जोशीले भने, “फरक विचार राख्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष भएकाले कसैलाई निषेध नगरीे मर्यादित पत्रकारितमा लाग्नु पर्छ ।” 

प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिताजगत्मा पनि समानुपातिक  महिला सहभागिता आवश्यक रहेको औँल्याए । प्राकृतिक अङ्ग महिला पुरुषबीच बाँड्न नसकिए पनि अवसर वितरणमा समानता कायम हुनुपर्ने भन्दै उनले पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गरे । 

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र कैलाली जिल्ला पत्रकार महासङ्घका हिमाल जोशीले पत्रकारहरु राजनीतिक दलमा आबद्ध हुने प्रवृत्तिले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको टिप्पणी गरे । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिने आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy