खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो ।
कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भने, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ । नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौँ , राज्यले पठाएको कोरोना खोपलाई सदुपयोग गर्नुपर्छ ।
आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताए । बालबालिलाई खोप लगाउन सबै पक्षको सहयोग रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको छ । सबै बालबालिकालाई पूर्णखोप लगाउनका लागि सरोकारवालाले खोपबारे जनचेतना फैलाउन अतिआवश्यक छ । खोप केन्द्रमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएकाले स्थानीय तहका खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको कार्यालयले जनाएको छ ।
राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित हुनु अतिआवश्यक रहेको छ । खोपबाट बञ्चित हुन नदिनका लागि स्थानीय, सरकारदेखि सबै निकायको महत्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ । राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्णखोप घोषणा गर्ने अभियानअन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएकाले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नुपर्ने निर्देशनालयका प्राविधिक सहायक उनले बताए । अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, नगरपालिका जनप्रतिनिधि, शिक्षक, बालकल्व, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र युनिसेफका कर्मचारीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: