Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चार महिनामा एक अर्ब १७ करोड ७९ लाख बराबरको काजु र बदाम आयात

खबरडबली संवाददाता

काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र बदामलाई सुख्खा फलपूmलका रुपमा खाने गरेको पाइन्छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पुर्‍याउन नसकिएका बेला कता काजु र बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल आयात भएको देखिन्छ । 

अंग्रेजीमा बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई बदाम र हाडे बदामको नामले चिन्दछन् । बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ । कृषि विभागका अनुसार नेपालमा बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुपखडाको खेती हुन्छ त्यहाँ बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।

नेपाली बजारमा काजु प्रतिकेजी रु दुई हजार दुई सयदेखि रु दुई हजार पाँच सयसम्म र बदाम रु दुईहजार आठसयदेखि रु तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र बदामको आयात वढेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको बदाम आयात भएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको आव ०७८/७९ को चार महिना (कात्तिक मसान्तसम्म) को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा  बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट  चालू आर्थिक वर्षको चार महिनामा रु ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ ।  त्यहाँबाट सोही अवधिमा रु १४ करोड ५३लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ ।

धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि रु सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै  नाइजेरीयाबाट रु तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट रु नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट रु ५५करोड ७६ लाख २९ हजारमा नौ लाख नौ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट रु १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट रु तीन लाख २४ हजारमा ५०४ केजी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट रु १८ करोड १५ लाख चालिस हजार र बदामबाट रु १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।नेपालमा काजु र बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग  हुनाका साथै सुख्खा फलपूmलका रुपमा उपभोग गरिन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending