Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान

खबरडबली संवाददाता

वालिङ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ । 

विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिए ।

“अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युत्सम्बन्धी समस्या अन्त्य गर्दै सहजरुपमा उपचार गर्नका लागि सौर्य उर्जा जडानमा सहयोग गरेका हौं”, उनले भने, “यसले आगामी दिनमा सेवा प्रवाहमा सहजता ल्याउनुका साथै वैकल्पिक ऊर्जाको प्रयोगले कार्बन उत्सर्जनमासमेत नियन्त्रण भई वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।”

अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य उर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ का समयमा आइसोलेशन सेन्टरकारुपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए  । “विद्युत्को वैकल्पिक व्यवस्थापनका लागि युएनडिपी नेपाललाई सहयोगका लागि अनुरोध गर्‍यौं”, उनले भने, “स्थान हामीले दियौं र युएनडिपी नेपालकै सम्पूर्ण लागतमा १० केभिए क्षमताको सौर्य उर्जा जडान भएको हो ।”

अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डाइलोसिस सेवाका लागि सौर्य उर्जाले सहयोग पुग्ने विश्वास नगर प्रमुख खनालको छ । जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारीसहित अगाडि बढिएको उनले बताए  ।

उक्त अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य उर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा एकसय शय्या रहेपनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड– १९ का समयमा यस अस्पताललाई आइसोलेशन सेन्टरको रुपमा प्रयोगमा ल्याइएको थियो । अस्पतालमा हाल दैनिक ५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिए । अस्पतालमा हाल चिकित्सकसहित २३ स्वास्थ्यकर्मी कार्यरत छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy