काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।
‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन (आरयल्याण्ड), टेक्निकल युनिभर्सिटी अफ सोफिया (बलगेरिया), पोलिटेक्निकल युनिभर्सिटी अफ कार्ताहेना (स्पेन), टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोयस (फ्रान्स) र टेक्नोलोजिकल युनिभर्सिटी अफ क्लुज नापोका (रोमानिया) छन् ।
अध्ययन अध्यापन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरमा अब्बल साबित ती विश्वविद्यालयसँगको सम्झौता कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीको क्षमता तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताइएको छ । युरोपियन युनियनअन्तर्गत ‘इरासमस प्लस प्रोग्राम’को आर्थिक सहयोगमा सगरमाथा इन्जिनियरिङ कलेजलगायत स्पेन, पोर्चुगल, भारत र नेपालका नौ उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालन भइरहेको दुई वर्षीय आयोजना ‘इन्टरनेशनलाई जेशन अफ हायर एजुकेशन इन्स्टिच्युटसन इन नेपाल एण्ड इन्डिया (इन्टरनेपिण्ड)’द्वारा स्पेनमा आयोजित एक महिने तालिम कार्यक्रममा सहभागी हुने क्रममा कलेजका प्राचार्य इ रमेश श्रेष्ठले ती युरोपियन विश्वविद्यालयको छाता संस्था इयुटी प्लस एलायन्ससँग सम्झौता गरेका हुन् ।
कलेज र ती विश्वविद्यालयबीच विद्यार्थी, शिक्षक तथा कर्मचारी आदानप्रदान, अध्ययन, अध्यापन, अनुसन्धान तथा तालिम तथा विभिन्न परियोजनामा सहकार्य, छात्रवृत्तिका कार्यक्रम सञ्चालनलगायतका विभिन्न कार्यक्रम संयुक्तरुपमा सञ्चालन हुने व्यहोरा सम्झौतामा उल्लेख छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य श्रेष्ठले भने, “इयुटी प्लस एलायन्ससँग द्विपक्षीय सम्झौतामार्फत युरोपका विभिन्न विश्वविद्यालयसँग जोडिन पाउनु सगरमाथा इन्जिनियरिङ कलेजका लागि गौरवको विषय हो । यसले कलेजको क्षमता तथा समग्र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्याउनेछ । साथै कलेजले विगत एघार वर्षदेखि प्रदान गर्दै आइरहेकोे इन्जिनियरिङ शिक्षालाई थप गुणस्तरीय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन यसबाट सहयोग मिल्नेछ ।”
उनका अनुसार ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत विगत चार वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा कलेज सहभागी हुँदै आएको र हाल तीन परियोजना ‘अ स्टेप फर्वाड इन इन्टरनेशनलाईजेशन अफ हायर एजुकेशन इन्स्टिच्यूटसन इन नेपाल एण्ड इन्डिया’ (इन्टर नेपिण्ड)’, ‘नेपाल भुटान हायर एजुकेशन फर अकम्पलिसिङ द सस्टेनबल डेभलमेन्ट गोल्स’ (बि प्लस एन ईयसडिजी) र ‘स्टे«न्थेनिङ प्रोब्लम् बेसड् लर्निङ इन साउथ एशियन युनिभर्सिटिज’ (पिबिएल–एसए) तथा दुई मोबिलिटी कार्यक्रम सञ्चालमा रहेको छ । यसबाट कलेजलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी अभिवृद्धि गर्न तथा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विभिन्न किसिमका शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संयुक्तरुपमा सहभागी गराई क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: