Khabar Dabali ७ जेष्ठ २०७९ शनिबार | 21st May, 2022 Sat
Life insurence

विभागका अनुसार देशका अधिकांश स्थानमा मौसम बदली रहने

खबरडबली संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने   जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको थियो । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी डलर र कौडासहित ६ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...

काभ्रेपलाञ्चोकको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुनेः राष्ट्रपति

पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् ।  नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको...

यही जेठ १३ गते बागमती प्रदेशसभा बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...

सिरहाका १७ मध्ये ११ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...

यस कारण निर्वाचन आयोगद्वारा अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...

यौनहिंसाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं ।   सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले  एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो ।   छलफलमा सहभागी हु...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji