Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बल्ल कानुनी मान्यता पायो ‘बडघर प्रथा’ले

रासस

कञ्चनपुर । थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि  यस प्रथाले कानुनी हैषियत प्राप्त गरेको हो ।

थारु समुदायले लामो समयदेखि बघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए । ती समुदायको मौलिक परम्परागत प्रथालाई कानुनी मान्यता दिई संस्थागत गर्ने नेपालको तेस्रो र सुदूरपश्चिमको पहिलो स्थानीय तह शुक्लाफाँटा रहेको छ ।  यसअघि पहिलोपटक बर्दियाको बारबर्दिया नगरपालिकाले बडघर प्रथालाई कानुनी मान्यता दिएको थियो ।
 
स्थानीय तहलगायतका सरकारी कार्यालयमा बडघर प्रथालाई साक्षीको रुपमा स्वीकारे पनि संस्थागतरुपमा कानुनी मान्यता दिएको दिएन । नगरसभाले पारित गरेको ऐनमा बडघर र भलमन्साको चयन, कार्यक्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायतका प्रावधान समेटिनुका साथै कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरीएको छ ।

पारित गरिएको ऐनमा नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सदभाव कायम राख्ने कार्य बडघर र भलमनसाको काम कर्तव्य अधिकारभित्र रहेको उल्लेख गरीएको छ ।

बडघर प्रथामा कायम रहने सहायक बडघर र चौकीदार९चाकर० समेतको काम कर्तव्य अधिकारको बारेमा पनि उल्लेख गरीएको छ । सहायक बडघरको कार्य बडघरको अनुपस्थितिमा गाउँको नेतृत्व गर्नु हो भने चौकीदार९चाकर०को कार्य गाउँमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरीएको छ । “नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेको छ”, नगर प्रमुख दिलबहादुर ऐरले भने, “बडघर थारु समुदायको परम्परागत संस्था भएकाले यसलाई संस्थागत गरी कानुनी अधिकार दिनका लागि ऐन बनाई लागू गरेका छौँ । थारु समुदायको वर्षौंदेखिको बडघर प्रथालाई कानुनी हैषियत दिनुपर्ने थियो । त्यो कार्य पूरा गरेका छौँ ।”

उनका अनुसार बडघर प्रथा पुस्तौँदेखि पुस्तान्तरण हँुदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारु समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ ।  नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७ ले प्रथाजनित संस्थालाई मान्यता दिएको छ । 

थारु समुदायलाई अलग पहिचान र पुख्र्यौली भूमिसँगको सम्बन्धलाई पुस्तौँपुस्तासम्म कायम राख्न बडघर र भलमन्सा संस्थाको संरक्षण र पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्य ऐन निर्माण गरी जारी गरिएको नगर प्रमुख ऐरले बताए । “सदियौँदेखि जिम्मेवारी पूरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई संस्थागत गरेका छौँ”, नगर प्रमुख ऐरले भने, “ऐनले बडघर र भलमन्सा प्रथालाई व्यवस्थित मर्यादित र संस्थागत बनाउन मद्दत पुर्‍याउ छ ।”

“थारु समुदायका गाँउ गाउँमा विकास निर्माण, सामाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुन्थे । उनीहरुको न त अभिलेख राखिन्थ्यो । न त परिचयनै हुन्थ्यो”, नगर सभाका सदस्य नरेन्द्रप्रसाद चौधरीले भने, “यो प्रथा मौखिकरुपमा चल्दै आएको थियो । जारी गरिएको ऐनअनुसार बडघर र भलमन्साको अबदेखि अभिलेख राख्ने कार्यसँगै बडघर प्रथाअनुसार चयन हुने पदाधिकारीको नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अबदेखि बडघर र भलमन्सा संस्थाको प्रत्येक वर्षको गरेको कार्य र गतिविधिको लेखाजोखा हुन्छ र सोको विवरण सम्बन्धित वडा कार्यालय र टोलमा वार्षिक समीक्षा गरिनेछ र संस्थाले वार्षिकरुपमा यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।”

उनका अनुसार बडघर छनोट गर्नका लागि चौधरी थारु समुदायमा प्रत्येक वर्ष माघ महिनाको पहिलो हप्ता तथा माघ मसान्तभित्र र राना थारु समुदायमा असार १ गतेदेखि मसान्तसम्म समय सीमासमेत निर्धारण गरेको छ । जसले यस प्रथालाई व्यवस्थित गर्न मद्दत पुर्‍याउने उनको भनाइ रहेको छ ।

“परम्परागत संस्थाको क्षेत्रअधिकार एक गाउँ एक बडघर र भलमन्साअनुसार आफ्नो एउटै गाउँमा मात्र रहने छ र निजले सोही गाउँको अगुवाई गर्ने छ”, उनले भने, “एउटा गाउँभित्र धेरै टोल भएमा ती टोलका बडघरमध्येबाट एउटा मूल बडघर रहने व्यवस्था गरेको छ ।” बडघरमा चयन हुने पदाधिकारीको काम कर्तव्यका बारेमा समेत नगरपालिकाले जारी गरेको ऐनमा व्यवस्था गरिएको छ । जसअनुसार समुदायको हकहितको संरक्षण र सम्वद्र्धन गर्ने तथा समुदायको सशक्तीकरणको लागि स्वतन्त्र निष्पक्ष र इमान्दारिपूर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्ने, समाजमा रहने विभिन्न जातजाति, समुदाय तथा सम्प्रदायबीचको सम्बन्ध समुधुर बनाउने रहेको छ । 

यसैगरी, सम्बन्धमाथि खलल पर्ने कुनै काम नगर्ने, विद्यमान प्रचलित ऐन कानुनको पूर्णरुपमा पालना गर्नुपर्ने, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न सामाजिक सेवाका क्षेत्रमा थारु समुदायको पहुँच राख्नका लाागि कार्य अगाडि बढाउने र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागिताको अवसर सिर्जना गर्नेलगायत रहेका छन् ।

“असहज अवस्थामा समेत थारु गाउँमा विकास निर्र्माणका योजना बनाउन, जनसहभागिता जुटाउन गाउँको न्याय निसाफ छिन्ने कार्य गर्न र जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्य गर्न कुनै बाधा अवरोध थिएन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले भने, “यी सबै कार्य थारु समुदायले चुन्ने प्रतिनिधि बडघरले गाउँका बासिन्दालाई भेला गराएर सहज ढङ्गले सम्पन्न गर्दै आएका थिए ।”
  
“परम्परागत रुपमा बडघरले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कलासंस्कृतिको जगेर्नाको कार्य सम्पादन गर्दै आएका छन् । त्यसलाई ऐन बनाई व्यवस्थित मात्रै पारेका छाँै”, उनले भने, “बडघरलाई जनप्रतिनिधिसँग समन्वय गरी कार्य सम्पादनमा सहजता हुन्छ ।”

बडघर प्रथा लोकतान्त्रिक पद्धतिमा आधारित भई परापूर्वकालदेखि मौखिकरुपमा चल्दै आएकाले यो प्रथा अत्यन्तै अनौपचारिक तरिकाले सञ्चालन हँुदा ओझेलमा पर्दै गएको थियो । यसलाई कानुनी मान्यता दिइएपछि यसले औपचारिकता पाएको उनको बुझाइरहेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy