Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घट्दै

खबरडबली संवाददाता
काठमाडौँ । स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ । 
 
पाँच/छ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने यहाँ ज्येष्ठ नागरिक कम भइरहेको कार्यालयका प्रमुख ओमप्रकाश पाण्डेले बताए । उनले भने, “सङ्घीयता कार्यान्वयन भएपछि ७५३ स्थानीय तहमा नै ज्येष्ठ नागरिकका लागि कतै आश्रम कतै हेरचाह केन्द्र र कतै दिवा खाजा केन्द्र रहेकाले यहाँ रहेको सङ्ख्या घटीरहेको छ ।” 
 
विस्तारै घट्दै गएकाले अहिले आश्रममा १०२ ज्येष्ठ नागरिक रहेका छन् । यो सरकारले सञ्चालन गरेको एक मात्रै ज्येष्ठ नागरिक आश्रम हो । देशभरमा गैरसरकारी संस्थाले पहिलेदेखि नै आश्रम सञ्चालन गर्दै आएका थिए । अहिले धेरै स्थानीय तहले पनि ज्येष्ठ नागरिकका लागि आश्रम र हेरचाह केन्द्र सञ्चालन गरिरहेका छन् । 
 
उमेर ६० वर्ष पुगेको हुनुपर्ने र असहाय नागरिकलाई स्थानीय तहले आश्रयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गर्दछ । स्थानीय तहले यो व्यक्तिलाई सहायता गर्ने व्यक्ति र सम्पत्ति छैन भनेर मन्त्रालयमा सिफारिस गर्छ । उनले भने, “मन्त्रालयले यहाँ सिफारिस गरेर पठाएपछि राखिन्छ ।” 
 
साठी वर्ष उमेर पूरा भएकामध्ये कतिपय हिँडडुल नै गर्न नसक्ने, कतिपय अपाङ्गता भएका र कतिपय मानसिक समस्या रहेका छन् । असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकको स्याहारका लागि सुसारे, कुचिकार, भान्छेलगायत दरबन्दी रहेको प्रमुख पाण्डेले बताए । ज्येष्ठ नागरिकको हेरचाह, खानपिन, उपचारसँगै अतिरिक्त क्रियाकलापको समेत व्यवस्थापन गरिरहेको उनले बताए  ।  
 
सामान्य उपचारका लागि यहाँ नै स्वास्थ्यकर्मी छन् भनेर ठूलो समस्या हुँदा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज लैजाने गरिएको उनले बताए । उनले भने, “अस्पतालसँगको सम्झौताअनुसार नि:शुल्क उपचार गर्छ ।” अहिले यहाँ मानसिक स्वास्थ्यमा समस्या भएका आठ/नौ जना छन् । नियमितरुपमा पाटनस्थित मानसिक अस्पतालमा लगेर औषधि खुवाइरहेको उनले बताए  ।  
 
कोभिडको जोखिम रहेकाले पहिले जसरी स्वास्थ्य सुरक्षामा ध्यान दिइने प्रमुख पाण्डेले बताए । सङ्क्रमण बढेपछि यहाँ बाहिरी जमघम कम गर्ने उनले बताए  । ज्येष्ठ नागरिक एउटै भान्सामा खाना खानुपर्ने हुँदा जोखिम भएकाले ध्यान दिइएको छ । 
 
अहिले यहाँ ४० जिल्लाका ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये अधिकांश सन्तान नभएका रहको प्रमुख पाण्डेले बताए । यहाँ भएका ज्येष्ठ नागरिकले कतिपयको सन्तान भएको बताउने गरेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आउनु पहिले यहाँ सन्तान भएका पनि रहेका थिए । त्यतिबेला आएका कतिपय अझै पनि छन् । पहिले भएकालाई हटाउन नमिले पनि अहिले ऐनअनुसार सन्तान भएकालाई राखिएको छैन । छोराछोरी छन् तर हेर्दैनन् भने अहिलेसम्म राख्न नमिल्ने उनले बताए । उनले भने, “अहिलेसम्म सन्तान भएकालाई राख्न पर्‍यो भनेर सिफारिस पनि आएको छैन ।”
 
स्थानीय तहले मन्त्रालयमा सिफारिस गर्दा नै छोराछोरी नभएकालाई गर्दै आएको छ । अहिलेसम्म कार्यविधिका कारणले सन्तान भएकालाई नराखिएको भए पनि आगामी दिनमा कार्यविधि संशोधन गरेर राख्न सकिने उनले बताए । सन्तान नभएकासँगै दिनभर बस्न चाहने र सडकमा भेटिएका असहायलाई आश्रममा ल्याउन आवश्यक रहेको कार्यालयले जनाएको छ । 
 
गोठाटारमा सरकारले निर्माण गर्ने आश्रममा एकाथरी सन्तान नभएका बुबाआमा, सडकमा बेवारिसे, अर्को सन्तान हेरेर पनि हेला गरेका र अर्को दिवा सेवा केन्द्र आश्रय दिने योजना छ । कतिपय ज्येष्ठ नागरिकसँग सम्पत्ति भए पनि उनीहरु कानुनी लडाईं लड्न नसक्दा लिन नसकिरहेको प्रमुख पाण्डेले बताए । उनले भने, “पाँच सय क्षमताको आश्रममा छोराछोरी कोही भएनन् म दिनभर आश्रम बस्छु र भरे बेलुका जान्छु भने आउने गरी बनाइनेछ ।”
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending