Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अनलाइनबाट राजस्व भुक्तानी सेवा सुरु

खबरडबली संवाददाता

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ ।

अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर यो सेवाको पहिलो सेवाग्राही बने  । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले विद्युतीय भुक्तानी सेवाको शुभारम्भ गर्दै यो प्रणालीलाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्‍याउनुपर्ने बताए  । 

खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए  । नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीकाअनुसार पहिलो पटक बेबसाईटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । 

सिफारिस बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने चौधरीले बताए  । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल ‘खैरहनीम्युन डट जिओभी डट एनपि’ का फिचर सेवाग्राहीले प्रयोग गर्न सक्ने चौधरीले बताए  । 

करदाताले यसका सुविधा सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गर्न सक्नेछन् । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ । 

करदाताको विवरण पेस भएपछि प्रचलित कानुन र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत हुने चौधरीको भनाइ छ ।

तत्पश्चात करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा) बाट भुक्तानी गर्न सक्ने चौधरीले जानकारी दिए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy