Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

खबरडबली संवाददाता
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो । 
 
कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक १५ रनको योगदान दिए भने अर्जुन घर्तीले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एक/एक रन जोडे । 
 
कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई/दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक/एक विकेट लिए । 
 
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे । 
 
त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०/१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक/एक विकेट लिए ।
 
आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन् ।
 
त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies