Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षमा २८९ वटा गैँडा मरे

खबरडबली संवाददाता

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न नसकिएको तिवारीले बताए ।

सो वर्ष वयस्क गैँडाको धेरै मृत्यु भएको उल्लेख गर्दै सूचना अधिकारी तिवारीले धेरै गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको बताए । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कङ्कालमात्रै भेटिएको कारण उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाइ छ । त्यसैगरी सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्याङ्कीभित्र खसेर एउटा, खाल्डामो खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले जानकारी दिए । 

चितवन निकुञ्जमा २०६५/६६ मा १७, २०६६/६७ मा २५, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १० गैँडा मरेका थिए । त्यस्तै आव २०७०/७१ र २०७१/७२ मा ११/११ वटा, २०७२/७३ मा १४, २०७३/७४ मा २५, २०७४/७५ र २०७६/७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेका निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । तिवारीका अनुसार चालु आवको हालसम्म १९ वटा गैँडा मरेका छन् ।

चालु आवमा मरेका १९ गैँडामध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैँडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जले गैँडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ । निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो ।

चोरी शिकारी शून्य बनाउन भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रको समुदायमा चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानसहित विभिन्न समूह तयार पारेर वर्षेनी ठूलो बजेट छुट्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । समुदायमा संरक्षणसम्बन्धी चेतना बढ्दै गएको भए पनि पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा भने प्रश्न उठेको छ । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ ।

त्यस्तै हिउँदको समयमा विभिन्न योजना थप गर्दै निकुञ्जभित्र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ । चितवनका पाँच पालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पाँच पालिका, मकवानपुर र पर्साको एक/एकवटा स्थानीय तहमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको जम्मा क्षेत्रफल ९५२ वर्ग किलोमिटर छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: