Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जा पछि पेशा परिवर्तन गरे

खबरडबली संवाददाता

काबुल । तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्  । जिविकोपार्जनका निम्ति अन्य पेशाको सहारा लिन वाध्य भएको  खामा प्रेसले  उल्लेख गरेको छ । त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

(पूर्व) सरकारको पतन पछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छवटा रेडियो स्टेशनहरू बन्द भएका छन् ( तीमध्ये पाँचवटा आर्थिक चुनौतीहरूको कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ ।  पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ।
फाउन्डेसनको निष्कर्षले देखाएको के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ ।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।
केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्यूजले रिपोर्ट गरेको छ ।

फाउन्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेशागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको  पनि खामा प्रेसले रिपोर्ट गरेको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ । 

सर्वेक्षण अनुसार, कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ र ६,४०० भन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन् । महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँच मध्ये चारले काम  गुमाएका छन्।ू

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy