बेनी । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । जोनसन एन्ड जोनसन ९एकपटक मात्रै लगाए हुने० समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए ।
जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उनले बताए । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् ।
जिल्लामा १८ वर्षमाथिका लक्षित जनसङ्ख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेहरु समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई समेत खोप अभियान सञ्चालन भएको छ ।
जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसङ्ख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरुलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खाप लगाउने तयारी गरिएको छ ।
उनले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरुले पहल गर्नुपर्ने बताए । १८ वर्ष माथिका लक्षित जनसङ्ख्यामध्ये अन्नपूर्णका गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: