Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

रासस

डाेटी । जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्राय: सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।

यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घटिबढी गर्ने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए । उनले भने,  “हाम्रो अदुवा र बेसारको मुख्य व्यापारी भारतका हुन्, त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो, हामीले उत्पादन गरेका चिज वस्तु हाम्रै सहरमा खपत हुनसके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो ।”

यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको अर्का किसान नरेश मौनीले बताए । उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर (सुकेपछि) जम्मा एक किलो मात्रै हुने उनको भनाइ छ । सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले यहाँका किसानले उत्पादन गरेका अदुवा अहिले गाउँमै सुठो बनाउन थालिएको अर्का स्थानीयवासी दलबहादुर कलेलले जानकारी दिए । उनका अनुसार स्थानीय काउले बजार नजिकैको खाली डाँडामा गाउँकै स्थानीय व्यापारीले किसानबाट काँचो अदुवा सङ्कलन गरी सुठो बनाउन सुरु गरेका छन् ।

किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो । काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको बताइएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति किलो रु २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले बताए ।

उनले भने, “भारतीय व्यापारीले अदुवा नकिन्दा किसानलाई समस्या भएको थियो, गाउँकै दाजुभाइले खरिद गरेर सुठो बनाउँदा धेरैले रोजगारी पनि पाए र किसानलाई राहत भएको छ ।” यहाँका किसान अहिले गाउँमै अदुवा बिक्री गरी गाउँमै सुठो बनाउन थालेकाले यो निकै राम्रो काम भएको र किसानले पनि घरैमा मूल्य पाउँदा खुशी भएको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए ।

उनले भन, “विगतमा भारी बोकेर अदुवा निकै टाढा रहेको बिपीनगर पुर्‍याउनुपथ्र्यो, त्यहाँ मूल्य नपाउँदा समस्या हुन्थ्यो, अहिले गाउँमै सुठो बनाउन थालिएपछि किसानले घरैमा पैसा पाउँदा खुशी भएका छन् ।” सुठो बनाउँदा तापक्रम बढी चाहिने भएकाले अहिले यहाँ खासै घाम नलाग्ने गरेका कारण समस्या हुने गरेको उनको भनाइ छ । यहाँका किसानको मुख्य आय स्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । किसानको माग बमोजिम बडिकेदारमा अदुवा तथा बेसार प्रशोधन बनाउनका लागि आवश्यक पहल भइरहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “बडिकेदारमा अदुवा तथा बेसार प्रशोधन केन्द्रका लागि आवश्यक पहल भइरहेको छ, किसानका समस्या समाधान गर्ने छौँ ।” भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्सेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: