Khabar Dabali ७ माघ २०७८ शुक्रबार | 21st January, 2022 Fri
Life insurence

स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान

खबरडबली संवाददाता

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु  हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताए । यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो । 

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित (विज्ञप्ति सहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का क...

हुम्लामा खाद्यान्न अभाव: चार महिनापछि बल्ल ढुवानी

४ केजी चामलका लागि नागरिकता पेस गर्नुपर्ने बाध्यता

पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

इस्लामिक । पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकार...

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टाेकियो । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम...

यी सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने (सूचना सहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र  तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयल...

कानूनको उल्लङ्घन गरेको भन्दै ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

बेइजिङ । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चि...

शिक्षामन्त्री पौडेल र डा. केसीबीच छलफल

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द के...

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्...

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित एक पक्राउ

पोखरा ।  पोखरा महानगरपालिका–२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुध...

ईश्वर पोखरेलको प्रश्न: प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

काठमाडौँ ।  एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा  गठबन्धनको बन्दी बनेकै हुन् ?, भनेर सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् । ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page