Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १८ जनाकाे मृत्यु

खबरडबली संवाददाता

जोस । बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् । 

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्राय: आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका  अधिकारीहरुले बताएका छन् । 

“आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं । “स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताउनु भएको छ ।  आक्रमणमा १८ जनाको ज्यान गएको उहाँ बताउनु भएपनि आधिकारिक मृत्युको संख्या भने  बताउनु भएको छैन् ।  

‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’   मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उहाँले बताउनु भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy