Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्– अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । 

संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उनले भनेका छन् । उनले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुन:स्थापनाका कार्यक्रअरु सञ्चालन होस् भन्ने चाहेको पनि बताएका छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies