Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रोकिएनन् चोरीका घटना: सुरक्षा प्रबन्धमाथि चुनौती

खबरडबली संवाददाता

बागलुङ ।  दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । 

सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताए । “सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तिय क्षेत्रमै चुनौती थपेको छ”, उनले भने । सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताए । सहकारीले घटनाको छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै प्रहरीमा निवेदन दिएको छ । 

गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार त्यसको चार दिनअघि मात्रै हटियाकै केही घरमा चोरले लुटपाट मच्चाएका थिए । यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । विगत डेढ वर्षलाई हर्ने हो भने गलकोटमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद, गरगहना, महँगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ । अघिल्लोे वर्षको असोजमा गलकोट–२ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर धनमाल लुटेको घटनायता त्यस क्षेत्रमा चोरको बिगबिगी नै चलेको छ । 

व्यक्तिका घरदेखि पसल, सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ । लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन् । प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको उनीहरुको गुनासो छ । “घटनाका प्रकृति हेर्दा चोरीमा पशेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन”, वडाध्यक्ष भण्डारीले भने । प्रहरीसँग पनि अनुसन्धानका लागि स्रोतसाधन र जनशक्तिको कमी रहेको उनको बुझाइ छ । शृङ्खलाबद्ध रुपमा चोरीका घटना हुँदा गलकोट क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्नहरु उब्जिएका छन् । मानिसहरुमा त्रास छ । असुरक्षा बढेको छ ।

हटिया प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले पछिल्लोपटक सहकारीमा भएको चोरीको घटनामा स्थलगत अनुसन्धान सकिएको बताए । “अब प्राविधिक अनुसन्धानको पाटो बाँकी छ, आशा गरौँ अपराधी पत्ता लाग्नेछन्”, उनले भने । सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब निरीक्षक शर्माका अनुसार मध्यरात १२ बजेदेखि ३ बजेभित्रको समयमा सहकारीमा चोरी भएको थियो । “त्यस समयमा कुनै मोबाइल प्रयोग भएको थियो की ? भनेर पनि हामी हेर्देछौँ, अन्य प्रमाण पनि खोज्दैछौँ”, नृनले भने । चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उनले बताए । त्यो घटनाको अनुसन्धानमा स्थानीयवासीले नसघाएको प्रहरीको गुनासो छ । वडाध्यक्ष भण्डारीले चोरीका घटना हुन नदिन व्यक्ति, परिवार र समाज स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा राखे । “टोल, बस्तीमा स्वयंसेवी समूह बनाउने, निगरानी गर्ने, सिसी क्यामेरा राख्ने, घर, पसल, व्यवसायको सुरक्षा मजबुद पार्ने गर्नुपर्छ”, उनले भने ।

पछिल्लो समय प्रहरीले हटियालगायत बजार क्षेत्रमा रात्रिकालीन गस्ती पनि सुरु गरेको छ । सादा पोशाकका प्रहरीलाई पनि शङ्कास्पद ठाउँमा पठाउने गरिएको प्रनानि शर्माले बताए । प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

जनप्रतिनिधिका तर्फबाट गलकोटमा भइरहेका चोरीका घटनालाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गरिए पनि खास सुनुवाइ हुन नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । यतिका घटना हुँदा पनि अपराधी पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । “कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन”, नगरप्रमुख शर्माले भने  । 

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending