Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नति सुरु

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गरेका हुन्  ।

शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिए । उनले गाउँपालिकाका सम्पूर्ण सडक क्रमश: स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गरे ।

सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो । सो सडकको स्तरोन्नति पश्चात गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष रुपमा लाभ लिनेछन् । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुने बताइएको छ । सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित रु १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ । 

सो लागतमा ईन्द्रावती गाउँपालिकाको पाँच करोड ९४ लाख ९ हजार ८५१ र सङ्घीय सरकारको समपुरक अनुदान चार करोड १५ लाख रहेको छ । ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रङक्रिटको नाली बनाउने, ढुङ्गाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ ।

सो बाटो निर्माणका लागि श्री घिसिङ/युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले रु पाँच करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्यमुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिए । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending