काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गर्नुभएको छ । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुग्नुभएको थियो ।
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक(पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्त भएको बताउनुभयो । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् । मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा(सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आउनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - २२:३०
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर (साउद)...
जेष्ठ ३ गते, २०७९ - २२:१८
बाँके । नेपालगंज उपमहानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरको उम्मेदवारमा रहेका कांग्रेसका प्रशान्त विष्टले १२ हजार ८०६ मत ल्याएक...
जेष्ठ ३ गते, २०७९ - २१:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १२ हजार ८७७ मतका साथ अग्रता बनाए...
जेष्ठ ३ गते, २०७९ - २०:५२
कञ्चपुर । बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चौधरी यसपटक फराकिलो मतान...
जेष्ठ ३ गते, २०७९ - २०:४३
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनु...
जेष्ठ ३ गते, २०७९ - २०:२५
काठमाडौँ । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालक...
जेष्ठ ३ गते, २०७९ - २०:१०
वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ९ हज...
जेष्ठ ३ गते, २०७९ - १९:५२
रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्...
जेष्ठ ३ गते, २०७९ - १७:३५
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत ग...
जेष्ठ ३ गते, २०७९ - १७:२०
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर ...
प्रतिकृया लेख्नुहोस्: