Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप

खबरडबली संवाददाता

जनकपुर । मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ९दास्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिए  ।

उनका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ  र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । 

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउनेको सङ्ख्या भने करिब ५९ प्रतिशत छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको  सङ्ख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् । “यो सङ्ख्या प्रदेशगत हिसाबले तेस्रो हो”, उनले भने, “यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ । ”

सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके  पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ । 

यस्तै पुसको दोस्रो सातादेखि सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिमी बढेको देखिएको हो । प्रदेशको आठवटै जिल्लामा हिजो एकै दिन २०० नयाँ सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ सङ्क्रमित थपिएका छन् । हिजो एकैदिन प्रदेशभरि २०७ नयाँ सक्रमित थपिँदा धनुषामा ९१, सप्तरीमा ६५, सिरहामा २६, सर्लाहीमा आठ, बारामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसअघि अस्ति मङ्गलबार एकै दिन सप्तरीमा ६३, धनुषामा ५१,  सिरहामा ३३, बारामा १६, सर्लाहीमा दुई र सबैभन्दा कम पर्सामा एकजना गरी २०० नयाँ सङ्क्रमित थपिएका थिए ।

योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या करिब ८९० पुगेको छ । सङ्क्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुई जनाकोे सिरहा अस्पतालमा उपचार भइरहेको तथा बाँकी सङ्क्रमित एकान्त बासमा रहेको निर्देशक झाले बताए । पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमणका कारण धनुषा र सप्तरीमा एक–एक महिलाको मृत्यु भएकोे थियो ।

यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३९ हजार ५६८ सङ्क्रमित हँुदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने एक हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणको ग्राफ पहिलो र दोस्रो लहरकै झै बढ्दै गए पनि सङ्क्रमितमा अघिल्लो सङ्क्रमणको जस्तो स्वास्थ्य जटिलता भने नदेखिएको चिकित्सकले बताएका छन् ।

“मङ्सिरको अन्तिमदेखि पुसको दोस्रो सातासम्म कोरोना सङ्क्रमणदर स्थिर थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका डा रञ्जितकुमार झाले भने, “तर पछिल्लो केही सातादेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो  तर अहिलेसम्म धेरैमा त्यस्तो जटिलता देखिएको छैन   तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना सङ्क्रमण अझै फैलिन सक्ने तथा ठूलै समस्या उत्पन्न हुनसक्ने सम्भावना छ।” 

“एकातिर छिमेकी मुलुक भारतमा तीव्रगतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ उताबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू घर फर्किरहेकाले कोरोना सङ्क्रमण भयावह हुनसक्छ”, डा झाले भने, “यस्तो दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले नाकामा निगरानी र स्वास्थ्य परीक्षणमा कडाइ गर्नु जरुरी छ ।”

साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन र खोपलाई तीव्रता दिनु आवश्यक छ । यता कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य सर्तकतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

जिल्लाको जनकनन्दनी गाउँपालिकाको इनर्वा, खजुरी गाउँपालिकाको महुवास्थित भारतीय सीमानाकामा हेल्थ डेक्स स्थापना गरिसकेको र नगराइन गाउँपालिकाको जटहीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ थियो । यसबाहेक अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतलाई बुस्टर डोज खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै प्रजिअ पौडेलले माघ ७ गतेदेखि  खोप कार्ड अनिवार्य लागू गराउन जिल्लास्थित सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिए  ।

मधेश प्रदेशमा कोरोना सङ्क्रमितको उपचारका लागि १५ शय्या,  अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर१२ वटा पिसीआर परीक्षण उपकरणबाट कोभिड–१९ जाँच हुँदै आएको जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy