Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

३ दिनको अवधिमा चितुवाले गोठमा बाँधेको आधा दर्जन खसी–बोका मार्यो

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर  खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको  छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुईवटा बाछी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।

“धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन्”, उनले भने, “साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् । वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।” यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो । “केही महिना आतङ्क मच्चाएको चितुवाले दु:ख दिन छाडेको थियो”, तुलाराम चौधरीले भने, “ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।”

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ वर्षपछि डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहेकी  कलावती महर (साउद)...

नेपालगंज उपमहानगरपालिकामा एमालेको भन्दा दोब्बर मतका साथ कांग्रेस अग्र स्थानमा

बाँके । नेपालगंज उपमहानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार  मेयरको उम्मेदवारमा रहेका कांग्रेसका प्रशान्त विष्टले  १२ हजार ८०६ मत ल्याएक...

अपडेटः बालेनले १२ हजार ८७७ मत ल्याउँदा स्थापितले ६ हजार ८७८ मत ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १२ हजार ८७७ मतका साथ अग्रता बनाए...

बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल दोस्रो कार्यकालका लागि निर्वाचित

कञ्चपुर । बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चौधरी यसपटक फराकिलो मतान...

हालसम्म ३ सय ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनु...

नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

काठमाडौँ ।  भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालक...

वीरगञ्ज महानगरपालिकामा ९ हजार ५०० मतसहित गठबन्धनका सिहंको अग्रता कायमै

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ९ हज...

रिब्दीकोटमा माओवादी केन्द्रका कार्की विजयी

रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्...

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत ग...

नेप्से परिसूचक उच्च अङ्क ८४.९ ले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji