झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा।टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् ।
गुनासोपछि मेची अस्पतालमा पीसीआरको स्वाव सङ्कलन व्यवस्थित
मेची अस्पतालले आजदेखि पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गर्ने केन्द्रलाई सफा र फराकिलो स्थानमा सारेर व्यवस्थित गरेको छ । विगतमा स्वाब सङ्कलन गर्ने स्थान अव्यवस्थित र फोहर स्थानमा रहेको सर्वसाधारणको गुनासो आएपछि आजैदेखि अस्पतालको ओपिडी कक्ष अगाडि सारिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टङ्क बाराकोटीले बताए । उनले स्वाव सङ्कलनका लागि आउने सर्वसाधारणलाई भौतिक दूरी कायम गरेर पंक्तिबद्ध हुन र स्वास्थ्यकर्मीलाई स्वाव लिन सजिलो हुने गरी नयाँ स्थानको व्यवस्था गरिएको बताए । डा।बाराकोटीले जिल्लामा कोभिड १९ को जोखिम बढिरहेको हुँदा अस्पतालमा दैनिक ७० जना बढीको पीसीआर परीक्षण गरिरहेको जानकारी दिए ।
यसअघि अस्पतालले स्वाब सङ्कलन गर्दै आएको स्थान साँघुरो, फोहर र अव्यवस्थित रहेको थियो । अस्पतालले विगतमा अनुपयुक्त भनेर प्रयोगमा नल्याएको जिर्ण भान्साकोठा, अस्पतालको प्रसूति गृह र आँखा उपचार कक्षका लागि प्रयोग हुँदै आएको शौचालयको सेफ्टी ट्याङ्की नजिक स्वाव सङ्कलन गर्दै आएको थियो । मेची अस्पतालले जिल्लामा दुई स्थान पीसीआर ल्याब सञ्चालन गर्दै आएको छ । एउटा अस्पतालमै र अर्को कनकाइ नगरपालिकास्थित कोटीहोममा सञ्चालनमा छन् । उनले हाल दुवै ल्याबमा गरी दैनिक २५० जनाको पीसीआर हुँदै आएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: