Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नवलपरासी बालहत्या घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक

\"nawalparasi_child_killed\"काठमाडौँ । नवलपरासीको कुडिया–४ मर्चहवामा गत साउन ५ गते भएको बालक हत्याको घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी–नेपाल) ले आज पत्रकार सम्मेलन गरी गरिबी, चेतनाको कमी र रुढीगत मान्यताका कारण घटना घटेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले धामी झाँक्री प्रथा समाजको कलङ्क भएको र यस्तो प्रथालाई अन्त्य गर्न कडा कानुनको खाँचो रहेको औँल्याएँ ।

अनुगमन टोलीका संयोजक कृष्ण सुवेदीले पूर्ण साक्षर जिल्लाका रुपमा भर्खरै अगाडि बढ्दै गरेको सो जिल्लामा बालहत्याजस्तो क्रूर घटना घट्नु दुःखद भएको बताए ।

यस्तो घटनाका पीडितलाई मनोपरामर्श कक्षा सञ्चालन गर्नुपर्ने, बालबालिकालाई भयरहित वातावरणमा विद्यालय जान प्रोत्साहन गर्नुपर्ने र राजनीतिक तवरले दोषीलाई उन्मुक्ति दिन नहुने उनको सुझाव थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले कसैको ज्यान बचाउन कसैको हत्या गर्न पाइँदैन भन्दै पीडित परिवारलाई आवश्यक मनोपरामर्शका साथै उचित राहत दिनुपर्ने बताए ।

घटनाको अनुगमनमा एनएसिजीका तर्फबाट बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) का संयोजक कृष्ण सुवेदी, जागृत बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सिजपका संयोजक दीपक बस्याल साथै स्थानीयस्तरका बाल क्लबका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख, इन्सेकका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सम्मिलित थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending