Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

वैद्य माओवादी लगायतका १२ दलले संयुक्त आन्दोलन घोषणा गर्दै

\"Mohan-baidya-400\"काठमााडौँ । संविधानको प्राराम्भिक मस्यौदाको विरोधमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा–माओवादी र संयुक्त लोकतान्त्रिक मधेशि मोर्चाले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन् । आज मंगलबार अपरान्ह चार बजे माओवादीको पार्टी कार्यलय बुद्धनगरमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारीमा उनिहरु लागि रहेका छन् । संविधानको प्रारम्भिक मस्यौदामा दलित, जनजाति, उत्पीडित, सोषीत, सिमान्तकृत र मधेशका जनताको आवाजलाई सम्बोधन नगरिएकोले आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको उनिहरुको भनाई  छ । आन्दोलन अन्तर्गत कालौ झण्डा देखाउने, चक्काजाम गर्ने, जिल्ला प्रशासन कार्यलयहरु घेराउन गर्ने, विभिन्न ठाउँमा कोणसभा गर्ने देखि नेपाल बन्दसम्मका कार्यक्रम रहेका छन् । १९ गते देखि सुरु हुने आन्दोलनका कार्यक्रमहरु ३१ गते नेपाल बन्द गरेर समापन गरिने भएको छ । संविधानसभा भित्र एकिकृत माओवादी सँग नजिक देखिएको मधेशवादी दलहरुको गठबन्धन ‘संयुक्त लोकतान्त्रिक मधेशि मोर्चा’ सडकमा किरण नेतृत्वको नेकपा–माओवादी सँग मिलेर आन्दोलका कार्यक्रमहरु गर्ने भएको हो । मोर्चामा महन्थ ठाकुर ले नेतृत्व गरेको  तमलोपा, राजेन्द्र महतो ले नेतृत्व गरेको सदभावना पार्टी, उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम, र महेन्द्र यादव नेतृत्को तराई मधेश सदभावना पार्टी रहेका छन् । साथै संसद भित्र र बाहिर रहेका अन्य केहि साना दलहरुले पनि उनिहरु सँगै आन्दोलनमा हातेमालो गर्ने बताएका छन् । नेकपा एकिकृत, संघिय लिम्बुवान, थरुहट तराई पार्टी लगायतका दलहरुले आन्दोलनलाई साथ दिने भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending