Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार आर्थिक सहयोग

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ । 

मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ को मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए । 

वाइवाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा सङ्क्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत नि:शुल्क रूपमा व्यवस्थापन गरेको थियो । मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका थिए । 

यस्तै, पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड–१९ को सङ्क्रमणबाट १९ को मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हाल नगरका ७९ महिलासहित १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

पनौतीका सबै सङ्क्रमित होम क्वारेन्टिनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ । यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म १७ हजार २५८ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९३ दशमलब २७ प्रतिशत अर्थात् १६ हजार ९७ सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३ कोरोना सङ्क्रमित थपिएका छन् भने १३४ सङ्क्रमणमुक्त भएका हुन् । 

केन्द्रका अनुसार जिल्लामा हाल ९६६ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नपामा २९९, धुलिखेलमा २८६, पाँचखालमा ७४, नमोबुद्धमा ३३ तथा रोशी गाउँपालिकामा १३, तेमालमा चार, भुम्लु १३, बेथानचोकमा १६, खानीखोलामा एक, महाभारतमा सात र चौंरीदेउराली गाउँपालिकामा १७ रहेको छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies