Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

महाकाली सिँचाइ आयोजना: २२ शाखा नहर निर्माणको प्रक्रियामा

खबरडबली संवाददाता

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको  छ ।

मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमार्णाधीन अवस्थामै छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निमार्णको तयारी तीव्र पारेको छ । “शाखा नहर निमार्णका लागि योजना  बनाउँदै छौँ”, पण्डितले भने, “आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ ।” भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमार्ण  लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ ।

आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । “निमार्णाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको हो”, उनले भने । 

त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । “स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ”, पण्डितले भने, “त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।” हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies