Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

खबरडबली संवाददाता

चितवन ।  पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र  पुरुष ४५ प्रतिशत छन् ।

गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन् । पच्चिस हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उनको भनाइ थियो ।

अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको सङ्ख्या कम देखिएको र त्यस अवधिमा महिलाको सङ्ख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताए ।   अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सरका थिए । दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर नौ दशमलव पाँच प्रतिशत रहेका थिए । यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ । पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन् ।

क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए  पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान उनको थियोे । पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्याङ्क बढेको हुनसक्ने पनि अनुमान गरिएको छ । निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन् । तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन् ।

अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको सङ्ख्या बढ्नामा एउटा कारण हुनसक्ने बताए । पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर सङ्ख्या बढेको हुनसक्ने उनको  पनि आँकलन थियो । यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै सङ्ख्यामा उपचार भएकाले यही तथ्याङ्कको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उनको भनाइ थियो । पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका आचार्यको भनाइ थियो ।

सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने सङ्ख्या बढेको हुनसक्ने बताए । उनले भने, “पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुपर्‍यो ।” स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उनको भनाइ थियो  ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिए । उनले भने, “समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ ।” सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थले क्यान्सर बढाउने गर्दछ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा  र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुनसक्ने सम्बद्ध चिकित्सकले बताए  ।

धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसमअनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न पनि उनीहरुले सुझाए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies