Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले उपभोक्तासँग चर्को मूल्य लिएको भन्दै आलोचाना हुने गरे पनि इन्धनको मूल्य उच्च हुनुमा करको हिस्सा बलियो रहेको छ । 

पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिने गरेको छ । आइओसीबाट यही फेब्रुअरी १ तारिखका दिन प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रुपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रुपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रुपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रुपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ५२२ रुपैयाँ ४९ पैसा पर्छ ।

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा  १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २७३ रुपैयाँ ९४ पैसा कर लिने गरेको छ ।

निगमले प्रशासनिक एवं बिक्री खर्च र प्राविधिक नोक्सानीबापत पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७७ पैसा, डिजेलमा १ रुपैयाँ ३४ पैसा, मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा एक रुपैयाँ २३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ ६३ पैसा लिने गरेको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ११ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ८९ पैसा ढुवानी भाडा लाग्ने निगमले जनाएको छ । बिक्रेताले पेट्रोल बिक्री बारेबापत प्रतिलिटर ५ रुपैयाँ ५५ पैसा, डिजेलको प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ ३४ पैसा र ग्यास कम्पनीले प्रतिसिलिण्डर ३२८ रुपैयाँ २ पैसा मुनाफा पाउँछन् । हवाई इन्धन निगम आफैँले बिक्री गर्ने भएर त्यसमा छुट्टै नाफा राखिएको छैन ।

खरिद मूल्य, कर, प्रशासनिक तथा बिक्री खर्च, प्राविधिक नोक्सानी, ढुवानी र बिक्रेता कमिसन सबै जोड्दा बिक्री मूल्य भन्दा बढी हुन आउने र सोही रकम घाटाका रुपमा थपिँदै गएको निगमको भनाइ छ । लागतमूल्य भन्दा बिक्री मूल्य कम हुँदा पेट्रोलियम पदार्थको बिक्रीबाट लगातार नोक्सानी बढ्दै गएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले उपलब्ध गराएको विवरण अनुसार खरिद मूल्यदेखि सबै खर्च जोडेर पेट्रोलको लागत मूल्य प्रतिलिटर १५५ रुपैयाँ २३ पैसा, डिजेलको प्रतिलिटर १३६ रुपैयाँ १३ पैसा, मट्टितेल प्रतिलिटर १०६ रुपैयाँ ८८ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा र बाह्य ९७ रुपैयाँ ६८ पैसा तथा एलपी ग्यासको लागतमूल्य प्रतिसिलिण्डर दुई हजार १३५ रुपैयाँ ८ पैसा पर्न जान्छ । मूल्य बढेपछि पनि अहिले निमगलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ ९ पैसा घाटा छ भने मट्टिलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिट १० रुपैयाँ ५० पैसा र बाह्यमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ

आगामी १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट रु दुई अर्ब २३ करोड ५३ लाख घाटा हुने निगमको प्रक्षेपण छ । १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ९६ लाख, डिजेलको बिक्रीबाट रु एक अर्ब एक करोड चार लाख र एलपी ग्यासको बिक्रीबाट रु ९९ करोड ५६ लाख घाटा हुने निगमको आँकलन छ ।

जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा चर्को कर लगाइएको भन्दै आलोचनासमेत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि कोरोना महामारीका कारण नागरिक आर्थिक चपेटामा परेका बेला राज्यले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउनुपर्ने अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम पदार्थको मूल्य बढेर जनता समस्यामा परेकाले त्यसमा लाग्दै आएको कर घटाएर नागरिकलाई राहत दिइनुपर्ने बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies