Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले ३ जनाको हत्या गर्ने सार्वजनिक

खबरडबली संवाददाता

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथानमा दुई र  ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।  मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गाडेको र गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा  ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति –२ घर भई हाल काठमाडौँ–३ गोठाटार बस्ने मोहन लिम्बूको हत्या गरी गाडेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको  छ ।

यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

चौधरी र श्रेष्ठको लास गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा  शङ्कास्पद माघ १२ गते फेला परेको र लिम्बूको लास ललितपुर गोदावारी–१२ ठेचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो ।

हत्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई  पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी लास छिटो गलोस् भन्नका लागि नून प्रयोग गरेका थिए । हत्याका आरोपी मण्डलले आर्थिक कारोबारको विवादले हत्या गरेको र अन्य दुईजनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ ।

निजहरूले तीनवटा लासलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिए । आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेका  प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रगोग गरिएको ६ पोका नून र एक थान कोदालो बरामद गरेको छ ।

प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो । आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडाँै बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए  ।

हत्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए । हत्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending