काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ । रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
समीक्षाको दोस्रो त्रैमासिक अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु खर्चतर्फ वित्तीय प्रगति ५३.२४ र पुँजीगत खर्चतर्फ वित्तीय प्रगति १३.९५ तथा भौतिक प्रगति १६ प्रतिशत हासिल भएको मन्त्रालयले जनाएको छ । बैठकमा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या र चुनौती तथा समाधानका सम्भावित उपायबारे समेत गहन छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महत्वपूर्ण कार्यक्षेत्र रहेको रक्षामन्त्रालय, मातहतको नेपाली सेना र अन्य निकायबाट चालु अर्थिक वर्षको हालसम्मको अवधिमा हासिल भएका मुख्य उपलब्धिको समिक्षाले आगामी दिनमा परिणाम हासिल हुने गरी आवश्यक निर्णय लिन सहज हुने बताए ।
सुरक्षा सुशासन र विकासको पूर्वशर्त भएकाले भरपर्दो सुरक्षा प्रवन्ध नभई विकास निर्माणका कार्यलाई सहजरुपमा अघि बढाउन नसकिने बताउदै उनले नागरिकलाई भयरहित वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्र्दै समग्र राष्ट्रिय सुरक्षा प्रणालीलाई बलियो बनाउन मन्त्रालय क्रियाशिल रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “ मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौ –तराई/ मधेश दू्रतमार्ग लगायतका राष्ट्रिय सडक कोरिडर निर्माण समयमै सम्पन्न हुनेछ ।” उनले राष्ट्रिय गौरव र महत्वपूर्ण सडक पूर्वाधार निर्माणका लागि आवयक पर्ने स्रोत साधन अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।
राष्ट्रिययोजना आयोगका उपाध्यक्ष डा विश्व पौडेले विकास निर्माण तथा मन्त्रालयका अन्य कार्यक्रमको वित्तीय र भौतिक प्रगतिबीच सामाञ्जस्यता ल्याउन निर्देशन दिए । मुख्यसचिव शंकरदास वैरागीले सेनाले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको प्रशंसा गरे । प्रधानसेनापति प्रभुराम शर्माले सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, द्रूतमार्गलगायतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
मन्त्रालयका सचिव किरणराज शर्माले मन्त्रालयका कार्यक्रम र आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक समन्वय, सहयोग र सहजिकरण प्राप्त भएकाले निरन्तरताको खाँचो औँल्याए । बैठकमा अर्थ, भौतिक पुर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालयका सचिवले आ–आफनो क्षेत्रमा आवश्यक पर्ने सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिारी र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्षसमेतको सो अवसरमा सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: