चितवन । मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रेस चौतारी नेपाल, चितवन शाखाले यहाँ आयोजना गरेको ‘वन्यजन्तु संरक्षण र विकास : आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । जिल्लामा मानव बस्तीभन्दा पहिला दुर्लभ वन्यजन्तुको बासस्थान भएकाले विकासका नाममा वन्यजन्तुको बासस्थान अतिक्रमण गर्न नहुनेमा उनीहरुको जोड थियो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्रा कृष्ण काफ्लेले चितवन बाघ र गैँडालगायतका वन्यजन्तुको बासस्थान रहेको र मानव उनीहरुसँग मिलेर बस्न आएको बताए । उनले भने, “चितवन वन्यजन्तुको घर हो, हामी उनीहरुसँग मिलेर बस्न आएका हौँ ।” दुई साताअघि पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा सडक विस्तारका लागि खनिएको खाडलमा परेर गैँडा मरेपछि बहस चलिरहेका बेला कार्यक्रमको आयोजना गरिएको हो । काफ्ले मानव उत्पत्तीसँगै प्रकृतिसँग द्वन्द्व सुरु भएको बताउँदै उनले भने, “मान्छेले प्रकृतिलाई जितौला भन्ने नसोचे हुन्छ ।” वन र वन्यजन्तुको संरक्षण गर्न नसक्ने हो भने विकराल स्थिति सिर्जना हुने उनले बताए ।
उनले भने, “७५ प्रतिशत सरुवा रोग जङ्गली जनावरबाट मानिसमा आउँछन् । प्राकृतिक विनास भयो भने नयाँ–नयाँ मुसा, चरा, किरालगायतका जीवको उत्पत्ति हुन्छ र त्यसले मानव जातिमा ठूलो सङ्कट पैदा गर्दछ ।”
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विकास जरुरी रहेको उल्लेख गर्दै भने, “संरक्षण अनिवार्य हो ।” यहाँको वन र वन्यजन्तु हेर्नकै लागि पर्यटक आउने गरेको चर्चा गर्दै ढुङ्गानाले थपे, “त्यही देखाएर हामीले पर्यटकीय गतिविधि सञ्चालन गरेका छौँ, मध्यवर्तीमा रोजगारी सिर्जना भएको छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा बाबुराम लामिछानेले साना–साना कुराले संरक्षणको क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए । सडक, रेलमार्ग, विद्युत् ट्रान्समिसनलगायतले वन्यजन्तु संरक्षणमा प्रभाव पारेको चर्चा गर्दै उनले भने, “पूर्व–पश्चिम राजमार्गमा २७१ किलोमिटर जङ्गल पर्दछ ।”
नेपालका आधाभन्दा बढी जनसङ्ख्या तराईमा रहेको र वन र वन्यजन्तुको ठूलो सङ्ख्यामा पनि यही क्षेत्रमा रहेको चर्चा गर्दै लामिछानेले भने, “यही क्षेत्रमा विकास धेरै भइरहेका छन् ।” हामीले बनाउने संरचनामा वन्यजन्तुको भविष्य निर्भर हुने भन्दै उनले भने, “वन्यजन्तुको मृत्युको प्रमुख कारण सडक दुर्घटना हो ।” नेपालमा एक वर्षमा दुई हजार ३७४ वन्यजन्तु मारिँदा ६१४ सडक दुर्घटनामा परेर मरेको तथ्याङ्क उनले प्रस्तुत गरे । उक्त तथ्याङ्क निकुञ्जको मात्रै हो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल, चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अपिल घिमिरेलगायतले आ आफ्नो धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: