Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

यस वर्ष सुन्तला उत्पादनमा कमी

खबरडबली संवाददाता

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर ७.६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६.७ मा झरेको हो । 

आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक हजार १०१ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रतिहेक्टर ८.८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७५/७६ मा एक हजार १५० मेट्रिक टन उत्पादन भएको थियो । सो वर्ष सुन्तलाको उत्पादकत्व ९.२ प्रतिहेक्टर रहेको थियो । सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा विगतका वर्षहरुमा क्रमश: उत्पादन घट्दै गएको हो । 

सुन्तला बगैँचाको व्यवस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । सुन्तलाका बोटहरु बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उनले जानकारी दिए  । पुनले भने, “सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट जस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।” उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उनको भनाइ छ । 

सुन्तला खेतीको विस्तारका लागि स्थानीय तहले कुनै चासो नदिँदा क्षेत्रफल विस्तार हुन नसकेको पुनले बताए । बगैँचाको पुन:संरचना गर्न सकेमा सुन्तला खेतीको विकास र विस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताए । 

जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । इच्छाकामनाका वडा नं ३, ४ र ५ मा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: