Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

यमन शहर वरिपरि लडाइँ हुँदा ३ दिनमा ३२ जना सैनिकको मृत्यु

रासस

दुबई । विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन् । संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमणपछि यमनी हुथी विद्रोही समूहलाई लक्षित कारबाहीमा वृद्धि भएको विद्रोही पक्षधर एक स्रोतले मङ्गलबार जनाएको छ ।

राजधानी सानाको उत्तर र साउदी सीमा नजिकै इराननिकट मानिने विद्रोहीलाई धपाउन तीन दिनको लडाइँमा ३२ जना सैनिकको मृत्यु भएको छ र कम्तीमा १०० जना घाइते भएका छन् ।

यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनको सहयोग प्राप्त सरकार र इरान समर्थित हुथी समूहबीचको गृहयुद्धमा मुछिएको छ ।

हुथी विद्रोहीहरुले युएईप्रशिक्षित फौजबाट क्षेत्रीयरूपमा हार व्यहोरेपछि आबु धाबीमा भएको शृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमणमा यूएईका तीन तेल कामदारको ज्यान गएपछि यूएई र साउदी गठबन्धन सैनिक हुथी विद्रोहीमाथि थप आक्रामक देखिएका छन् ।

सरकार समर्थक स्रोतहरूले बताएअनुसार मंगलबा हरदह वरिपरि जारी झडपमा गठबन्धन सेनाले हुथी लडाकूहरू र त्यस क्षेत्रलाई घेरेका छन् तर अझै पनि यस शहर कब्जा भने हुनसकेको छैन ।  

गठबन्धन स्रोतले युद्धमा र गठबन्धनको हवाई हमलासँगै कम्तीमा पनि ५६ जना विद्रोही मारिएको बताएको छ भने हुथीहरूले आफ्नो पक्षमा मर्नेहरूको रिपोर्ट विरलै दिन्छन् ।  

हालैका हप्ताहरूमा यमेनी द्वन्द्व तीव्र भएको छ । गठबन्धन र वफादार सेनाहरूले विद्रोहीहरूलाई हराएको दक्षिणी इलाका फिर्ता गर्न एकपछि अर्को आक्रमण गरिरहेका छन् । 

यसैबीच, हुथीहरूले छिमेकी साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएका छन् र सैन्य गठबन्धनको सदस्य संयुक्त अरब इमिरेट्समाथि पनि यस्तै आक्रमण गरेका छन् । 

लाखौं मानिसहरू अनिकालको सँघारमै बाँचिरहेका हुनाले संयुक्त राष्ट्रसंघले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको मुलुक भनेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending