Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

खबरडबली संवाददाता

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले आज बुद्धसिं मार्गको अवलोकन गर्दै सङ्घीय सरकारसँग समन्वय गरी सडकको स्तरोन्नति गरेर सञ्चालनमा ल्याइने बताए  । पृथ्वीराजमार्गको  सडक विस्तार गर्ने क्रममा लामो समय लाग्न सक्ने हुँदा छिटोभन्दा छिटो यस मार्गलाई सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको उनले बताए । 

“सडक विस्तारका क्रममा सवारी साधन गुड्न कठिनाइ हुन सक्छ”, उनले भने, “यो मार्गलाई व्यवस्थित गर्न सकिए निर्बाधरूपमा सवारी साधन गुडाउने कार्यलाई सहज बनाउन सकिन्छ ।” बुद्धसिं मार्गको अनुगमन कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बुद्धसिं मार्ग निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत टोली रहेको थियो । 

दमौलीबाट चितवनको घुमाउनेघाट पुग्न पृथ्वी राजमार्गको बाटोभन्दा बुद्धसिं मार्ग हुँदै जाँदा करिब १८ किलोमिटर दूरी छोटो पर्दछ । दमौलीबाट पृथ्वी राजमार्ग हँुदै मुग्लिनसम्म ४२ किलोमिटर दूरी रहेकोमा बुद्दसिं मार्ग हुँदै गएको खण्डमा १८ किमी छोटो दूरीमा पर्ने हुँदा आवतजावतमा छिटो र सहज हुने बताइएको छ । 

गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख बजेट विनियोजन भएपछि बुद्धसिं मार्गको स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । सङ्घीय सरकारबाट रु पाँच करोड विनियोजन गरिएकोमा टेण्डर भइसकेकाले प्रक्रिया अघि बढाइएको सो अवसरमा जानकारी गराइएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: