Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मन्त्री पौडेल भन्छन्– सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्य

खबरडबली संवाददाता

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् ।  शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा आज सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । नेपालमा सार्वजनिक शिक्षा कमजोर छ भन्ने आम क्षेत्रमा धारणा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले शिक्षाको गुणस्तर सुधारेर त्यसको जवाफ दिने बेला आएको बताए ।

सरोकारवालासँगको वार्ता र संवादबाट शिक्षा क्षेत्रलाई गतिशील बनाउन सकिने भन्दै उनले मन्त्री पौडेलले सबैमा सार्वजनिक शिक्षा सुधार्ने सङ्कल्पका साथ एकीकृत सक्रियता अगाडि बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षक सेवा आयोगले लोकसेवा आयोगले जस्तै विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिए । त्यसअवसरमा मन्त्रालयका सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश आचार्यले सङ्घीय शिक्षा ऐन निर्माणको आवश्यकता औँल्याए । 

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले विधिमा आधारित रहेर आयोगले वार्षिक कार्ययोजना बनाएर काम गरिरहेको भनाइ राखे । आयोगका सदस्य नन्दकुमारी महर्जन र नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आयोगले निष्पक्ष ढङ्गले उत्कृष्ट शिक्षक छनोट गर्नुपर्नेमा जोड दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending