चितवन । भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो ।
चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइने छ । कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो ।
यो रोगले एकै खोरमा धेरै क्षति पुर्याउने जनाइएको छ । उनले भने, “सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ ।” विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उनले अनुरोध गरे । बीस भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप नि:शुल्क लगाइने उनले राससलाई जानकारी दिए ।
भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइने छ । यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो । यसैगरी इच्छाकामना गाउँपालिकामा तीन खोप केन्द्र तय गरिएको छ ।
सप्ताहव्यापी अभियानमा भरतपुरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार, राप्तीमा २० हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामनामा २० हजार खोप लगाउने लक्ष्य लिइएको छ । गतवर्ष जिल्लामा ७० हजार भेडाबाख्रामा खोप लगाइएको कार्यालयले जनाएको छ । खोप अभियानमा ३८ भ्याक्सिनेटेर खटिने छन् ।
गतवर्ष तीन पटक पिपिआर रोगको सङ्क्रमण फैलिँदा करिब एक हजार २०० भेडाबाख्रामा मरेका थिए । एक चोटी खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने निमित्त प्रमुख न्यौपानेको भनाइ छ ।
महामारी रोग भएकाले रोगी भेडाबाख्राको सम्पर्कमा रहने, लसपस भएको दानापानी, घाँसपात खाने, सोत्तर प्रयोग गर्ने भेडाबाख्रामा सर्ने गर्छ । ज्वरो आउने, झोक्राउने, नखाने, उग्राउन छाड्ने, आँखामा कचेरा र नाकमा बाक्लो सिगान आउने, निमोनिया हुने, मुखभित्र घाउ देखिने, बथानमा एकैपटक धेरै भेडाबाख्रा मर्ने पिपिआर रोगका लक्षण हुन् । सङ्क्रमण देखिएमा सङ्क्रमित भेडाबाख्रालाई दुई हप्ता
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: